सुर्खेत : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितका लागि ५१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
नगरप्रमुख मोहनमाया ढकालले विपद्मा परेका नागरिकको दुःखमा स्थानीय सरकारको तर्फबाट ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको बताइन्। उनका अनुसार विपद्को तत्कालीन अवस्थामा राहत र उद्धारसँगै प्रभावित परिवारको सुरक्षित बसोबास, जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्न आवश्यक छ।
प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई प्रभावकारी सहयोग पुर्याउन संघ, प्रदेश, स्थानीय तह तथा गैरसरकारी क्षेत्रबीच समन्वय आवश्यक रहेको नगरप्रमुख ढकालले बताइन्।

Post a Comment