नारायण रिजाल,(सम्पादक) आफ्नै वार्डमा १४ बर्षकि बालिकाको विवाहका लागि उनकी आमाले ज्वाई खोजेकी छिन् भन्ने खवर सुन्दा वित्तिकै शुशिल बालिकाको घरमा पुगे । शुशिल दुल्लु नगरपालिका वार्ड नं. ८ का वार्ड अध्यक्ष हुन् । घरमा पुगेर सवै सुने र बास्तविकता बुझे । उनी बालिकाको आमाको कुरा सुन्दा र बास्तविकता बुझ्दा झन् भाव विहोल भए ।
मृत्यु भएको श्रीमानको काजकृया उनकी आमाले अर्काको घरमा बसेर गरिरहेकी थिइन् । आमा चिन्तित थिइन् भने बालिकाको अनुहार मलिन देखिन्थ्यो । उनीहरुको गरिवी भन्दा पनि बढि अभिभावक विहिन देखिएका थिए ।
उनले हाम्रो संमाचारदातासंगको कुराकानीमा न उनीहरुको बस्नलाई बास छ, न खानलाई केही छ, विगतमा बालिकाले भारतमा बाल श्रम गरेको समते पाइयो । बालिकालाई बाल विवाह मात्रै नभएर बाल श्रम लगाएत अन्य हिंसाको समेत जोखिममा रहेको र उनी बुवा गुमाएको पिडामा समेत बाल सुलभ केन्द्रमा गएर पढाइलाई निरन्तता दिएको समेत पाइयो” भनेर सुनाएका छन् । उनले थप कुरा गर्दै, दैलेखका गरिव जनताको भारतमा गएर ज्याला मजदुरी गर्ने र आफ्नो जीवन निर्वाह गर्ने चलन विगत देखि कायमै छ । जसले भारतमा बालबालिका हराउने, अलपत्र पर्ने र बाल श्रम गर्ने हरुको संख्या बढि छ । हामी नेपालमा बाल श्रम छैन भनिरहदा भारतमा गएर बाल श्रम गर्ने बालबालिकाको कुरा तिर ध्यान दिनु पर्नेमा पनि जोड दिएका छन् ।
उनले तत्काल उक्त परिवारलाई रु ६००० रकम व्यक्तिगत रुपमा सहयोग गरेका छन् भने । अरु थप सहयोगका लागि पालिका, प्रदेश सरकार, संघिय सरकार र संघसंस्थाहरुलाई गुहारी रहेका छन् ।
ब्यक्तिगत रुपमा उनी सहयोग जुटाउन लागि परेका छन् । उनी थप भन्दछन्, “बालिका र बालकको अध्ययनलाई निरन्तर गर्ने, आमालाई व्यवसाय वा रोजगारी बनाउने र एउटा बस्न मिल्ने घर सम्म निर्माण गरिदिने सम्म हामी जनप्रतिनिधीको दायित्व हो । यसका लागि म लागिरहको छु र लाग्ने छु ।”
बलिकाको आमाले, आंशु पुछ्दै भनिन, अरुले सहयोग गरेर भारतबाट यहाँसम्म आए, गरिवको कोही पनि हुन्न भनेर सोचेकी थिए, उहाँको सहयोग, साथ र हौसलाले आशा जागेको छ ।
दुल्लु नगरपालिकाको वार्ड नं. ८ मा दुल्लु नगरपालिकासंगको सहकार्यमा एक्पात लग्जम्वर्गको सहयोग र आवाजको सहजीकरणमा बाल विवाह अन्त्यका लागि जनचेतना मुलक कार्यक्रमहरु र अभियानहरु संचालन भैरहेका छन् । बाल विवाह जगडिएको समस्या र बहुसमस्याको जड पनि हो । शुशिलले आफ्नो कार्यकालमा बालबालिकाको विकास र संरक्षणलाई मुख्य योजनाका रुपमा हेर्ने बताउदै आएका छन् भने बाल विवाह विरुद्धका अभियान्ता पनि हुन् ।


Post a Comment