वीरेन्द्रनगर जेसिज र वीरेन्द्रनगर जूनियर जेसिज को आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न



 ०७ फाल्गुन २०८० । सुर्खेत । विरेन्द्रनगर जेसिज र विरेन्द्रनगर जुनियर जेसिजको संयुक्त आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा वीरेन्द्रनगर जेसिस वर्ष २०१३ का अध्यक्ष बिमल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।  कार्यक्रममा प्रजातन्त्र आइसकेपछि राज्य अथवा सरकारले जनतालाई के कस्तो अवसरहरु सिर्जना भयो के कस्ता फाइदाहरु भए भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो। करिव २५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता वीरेन्द्रनगर जेसीस वर्ष २०२४ को अध्यक्ष हिक्मत सापकोटा ले गर्नु भएको थियो ।  कार्यक्रममा बोल्दै  अध्यक्ष सापकोटाले आगामी दिनमा यस्ता कार्यक्रमहरु गर्दै जाने Rising karnali लाई जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post