दैलेख क्षेत्र नं.२ (क) बाट प्रदेश सभाका लागि पुरुषोतम रिजाल स्वतन्त्र उम्मेदवार



सुर्खेत : दैलेख क्षेत्र नं २ (क) बाट प्रदेश सभाका लागि पुरुषोतम रिजालले स्वतन्त्र उम्मेदवारि घोषणा गरेका छन । आगामी पाच वर्षका लागि खुल्ला तर संगठित दबाव समूहका रुपमा स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् ।

स्वतन्त्रमा उम्मेदवार दिएका रिजालले नयाँ सोच र शुरुवातका लागि राजनीतिक चेतपसेको मान्छेको मात्र खाचो भएको बताएका छन । उनले प्रदेशमा केही परिवर्तन ल्याउने उद्देश्यले प्रदेश सभा सदस्यमा उमेदवार दिएको बताएका छन ।

असमानता, कुशासन, दरिद्रता, अन्याय र सबैको पिडा को प्रष्फुटनका लागि आफुले उमेदवारी दिएको बताएका छन । स्वतन्त्रहरुको भेल (अपवाद बाहेक) र भाइरल–भ्रमबाट आफुलगाएत अरुलाई पनि मुक्त गराउनको लागि स्वतन्त्रमा उमेदवारी दिएको बताएका छन ।

उनले समाजिक सञ्जालमार्फत यस्तो बताएका छन, …हामी हिजोको जस्तो स्वच्छन्द रुपमा आफ्ना बिचारहरु राख्ने र व्यंग्य गर्ने सुबिधा छैन; सर्बग्यताको भ्रम बाट मुक्त हुनु छ; हजुरहरु सबैको बिचार सुन्नु र सिक्नु छ; परिपक्वता र सम्बेदंशीलतामा निखार ल्याउनुका साथै आफ्नोे भूमिका प्रभावकारी रुपमा निर्बाह गर्न उम्मेदवारी दिएको बताएका छन ।

Post a Comment

Previous Post Next Post