सुर्खेत : रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित ग्रीनल्याण्ड एकेडेमीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.१ लाख १ हजार योगदान गरेको हो।
विद्यालय परिवारले विपत्तिमा परेका परिवारलाई तत्काल राहत तथा उद्धारका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। विद्यालयले विपत्तिको यस घडीमा पीडित परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै मानवीय सहयोगका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आग्रहसमेत गरेको छ।
विद्यालयले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको जनाएको छ।

Post a Comment