स्वच्छ खानेपानीका लागि विद्यालयलाई आरओ फिल्टर सहयोग

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–स्थित श्री सरस्वती आधारभूत विद्यालय, गुमानटारलाई बिजनेस अनलाइन प्रालि सुर्खेतले सामाजिक उत्तरदायित्वअन्तर्गत आरओ पानी फिल्टर सहयोग गरेको छ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले फिल्टर प्रदान गरिएको हो। फिल्टर सहयोगले विद्यालयको खानेपानी व्यवस्थापनमा सहजता हुनुका साथै विद्यार्थीको स्वास्थ्य प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएकोमा बिजनेस अनलाइन प्रालिप्रति आभार व्यक्त गरेको छ। विद्यालयमा स्वच्छ खानेपानीको पहुँचले विद्यार्थी तथा शिक्षकको स्वास्थ्य र अध्ययन वातावरणमा सकारात्मक प्रभाव पार्ने विद्यालयको विश्वास गरेको छ।

विद्यालय तथा समुदायको आवश्यकताअनुसार निजी क्षेत्रबाट गरिने यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने देखिन्छ। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक इन्द्रा पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रनाथ योगी, बिजनेस अनलाइनका निर्देशक पवनकुमार पौडेललगायतको उपस्थिति रहेको थियो।

Post a Comment

Previous Post Next Post