भेरी नदीमा हामफालेका युवक बेपत्ता

सुर्खेत : वीरेन्द्रनगर–११ स्थित भेरी पुलबाट नदीमा हामफालेका २० वर्षीय दीपक काफ्ले बेपत्ता भएका छन् । शनिबार बिहान करिब १०ः५० बजे एक पुरुष पुलबाट नदीमा हामफालेको वीरेन्द्रनगर–१० पिपिराका ६२ वर्षीय सकुरबक्स मियाँले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचनापछि प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी नायब निरीक्षक गोविन्द खत्रीको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरीले पुलमा काफ्लेको मोबाइल, क्याप, चप्पल, मोजा, सेन्ट, लिपकार्ड र चार्जरलगायतका सामान फेला पारेको जनाएको छ ।

फेला परेका सामान काफ्लेकै भएको उनका आफन्त नारायणप्रसाद पाण्डेले पहिचान गरेका छन् । बेपत्ता काफ्लेको प्रहरी र आफन्तले भेरी नदीमा खोजी गरिरहेका छन् ।

Post a Comment

Previous Post Next Post