कर्णाली कप टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कालिकोट र रूकुम पश्चिम

सुर्खेत : वीरेन्द्रनगरमा जारी कर्णाली कप टी २० क्रिकेट प्रतियोगितामा कालिकोट र रूकुम पश्चिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणअन्तर्गत आइतबार भएका समूह चरणका दोश्रो खेलमा सहज जीत आत्मसाथ गर्दै एक खेल खेल्न बाँकी छँदै समूह बीको विजेता र उपविजेता बन्दै दुइ टोलीले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

समूह चरणका दुबै खेलमा जीत हात पारेका दुइ टोलीमध्ये रूकुम पश्चिम नेट रन रेटका आधारमा समूह बी मा कालिकोटपछि दोश्रो स्थानमा रहँदै  सेमिफाइनल पुग्न सफल भयो । सेमिफाइनमा ठाउँ सुरक्षित गर्नेक्रममा आइतबार रूकुमले पश्चिमले जुम्लालाइ २५ रनले हरायो । वीरेन्द्रनगर मैदानमा भएको  खेलमा टस जितेर पहिला ब्याटिंग गरेको रूकुम पश्चिमले ६ विकेटको नोक्सानीमा १५१ रन बनायो । जसमा अरविन्द घर्ती मगरले ३० बलमा ३९, विजय पुनले १४ बलमा ३० रनको योगदान दिंदा रामकृष्ण परियार र नवीन विकले १८ अठार रन बनाए । रूकुमले १७ रन अतिरिक्त पायो ।


जुम्लाका मनोज भारतीले २ विकेट लिंदा सन्दीपजंग शाही, नवीन बुढा, दीपेश गौतमले समान १ एक विकेट लिए ।

१५२ को चुनोति पछ्याउँदै क्रिजमा उत्रिएको जुम्लाका ओपनर सन्दिपजंग शाही एक्लैले ३८ बलमा पाँच चौका र पाँच छक्कासहित ७८ रन बटुले पनि जीतका लागि पर्याप्त भएन । सन्दिपले आक्रामक शुरूवात गर्दै जुम्लाको इंनिग्सलाइ थेग्ने भरमग्दुर प्रयास गरे । उनीपछि छैठैौ क्रममा आएका दीपेश गौतमले २५ रन जोड्नबाहेक अरू कुनै ब्याट्सम्यानले २ भन्दा बढि रन बनाउन सकेनन । २५ रन अतिरिक्त पाएपनि त्यसको फाइदा उठाउने ब्याट्सम्यान नहुँदा जुम्लाका पारी धराशायी भयो । 

जुम्लालाइ नियन्त्रणमा राख्ने क्रममा निकै अनुशासित र किफायति बलिंङ गरेका अरविन्द प्लयेर अफ दि म्याच भए । उनले ४ अभरमा १४ डट फाल्दै ३३ रन खर्चेर ४ विकेट लिए । उत्तिकै अनुशासित लय र लाइनमा बलिंग गरेका प्रतिक गिरीले ३ अभरमा १५ डट फाल्दा जम्मा ३ रन दिएर ४ विकेट हात पारे ।

समूह चरणको दोश्रो खेलमा सल्यानले मुगुलाइ ६ विकेटले हरायो। कालुङचोक मैदानमा टस जितेर पहिला ब्याटिंङ रोजेको मुगुले २० ओभरमा सबै विकेट गुमाउँदै ७६ रन बनायो।

आठौं क्रमका विक्रम शाहीले २० बलमा १७ रन जोड्दा नन्दबहादुर विष्टले १० रन बनाएपनि अरूले दोहोरो अंक बनाउन सकेनन ।  मुगुको योगफलमा १९ रन अतिरिक्त थपियो । सल्यानका लागि सूर्य सुनार र सुमित भण्डारीले तीन तीन विकेट लिंदा चन्द्र बी.सीले २ विकेट हात पारे । जवाफी ब्याटिंङमा उत्रिएको सल्यानले जम्मा ९.१ ओभर आफ्ना ६ विकेट सुरक्षित राख्दै सहज रूपमा लक्ष्य भेट्टायो । ११ बलमा १ छक्का र २ चैकासहित १८ रनमा खेलिरहेका सल्यानका ओपनर सचिन विकलाइ किरण रावलको हातबाट क्याच आउट गराउँदै मदन शाही मुगुको तर्फबाट पहिलो विकेट लिने पहिलो खेलाडीको बने ।




सल्यानका सुमित भण्डारीले ११ रन जोडेर पवेलिएन फर्किएपछि ८ बलमा २ छक्कासहित १४ रन जोडेका सूर्य सुनार रिटार्यड आउट भए । त्यसपछि सल्यानको इनिंग्स सम्हालेका विक्रम रोका र मदन खत्रीले नटआउट ११ र १० रन जोड्दै टीमलाइ जीतसम्म डोर्याए । यसअघिको पहिलो खेलमा सुर्खेतसंग भीडेको मुगु जम्मा ९।२ ओभर खेल्दै १९ रनमा अलआउट भएको थियो। उक्त खेलमा सुर्खेतले जम्मा ५ बलमा लक्ष्य पूरा गरेको थियो ।

Post a Comment

Previous Post Next Post