विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिता: उषालाई विद्यालय क्रिकेटको उपाधि

सुर्खेत : वीरेन्द्रनगरमा भएको विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको उपाधि उषा बालबाटिमा आवासीय माविले उचालेको छ ।

मंगलबार भएको फाइनल खेलमा माउण्ट एभरेष्टमाथि १२ रनको जित निकाल्दै उषाले नगद ५१ हजारसहित उपाधि आप्mनो पोल्टामा पारेको हो ।

कालुंगचोक मैदानमा टस जितेर पहिला ब्याटिंग रोजेको उषाले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ११८ रनको स्कोर खडा गर्यो ।

उषाका लागि मोहम्मद अफराज आलमले आक्रामक ब्याटिङ  गर्दै २१ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ३१ रन बनाए। 

त्यस्तै विकेटकिपर जेनिसराज भण्डारीले २० रन, कप्तान सुवास शाहीले १२ रन तथा शिव सुनारले १२ रनको योगदान दिए। 

माउन्ट एभरेष्टका बलर रमबेश शाहीले घातक बलिङ  गर्दै महत्वपूर्ण ४ विकेट लिए भने उदियमान खेलाडीको उपाधि पाएका मिथुन बुढाले ३  विकेट लिए।

११९ रनको मध्यम चुनौति पछ्याउँदै मैदान उत्रिएको माउन्ट एभरेष्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो। 

एभरेष्टका कप्तान मनिष ओलीले ६४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। प्रतियोगिताभर २४३ रन बनाएका उनी सर्वोत्कृष्ट खेलाडी बने ।

एभरेष्टका लागि आयुष कोइरालाले २४ रन र यजुर्वेद गिरीले १० रन बनाएपनि अरु ब्याट्सम्यानहरू सस्तैमा समेटिएपछि उपविजेतामै चित्त बुझाउनुपर्यो ।

माउण्ट एभरेष्टका ब्याटरहरुलाई रोक्न बाल वाटिकाको जितमा कसिलो बलिङको मुख्य भूमिका रह्यो। बलर अस्मित बी।सी। ले ४ ओभरमा २ मेडन राख्दै मात्र ११ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। 

त्यस्तै, किरण चन्द र कप्तान सुवास शाहीले समान १–१ विकेट हात पारे। 

डेथ ओभरमा मिराज खड्का र मोहम्मद अफराज आलमले विकेट लिन नसके पनि किफायती बलिङ  गरेर माउन्ट एभरेष्टका ब्याट्सम्यानहरूलाई दबाबमा राखे। 

कूल १३ विकेट लिने प्रज्ञा पाठशालाका रोनिश रावलले उत्कृष्ट बलरको उपाधि पाउँदा अनुशासित टिमको उपाधि पनि प्रज्ञाले नै पायो ।असार २ गतेबाट शुरु भएको प्रतियोगितामा  २३ टोली सम्मिलित थिए ।

Post a Comment

Previous Post Next Post