सुर्खेत : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व मन्त्री विष्णु पौडेल सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरणको मुद्धामा उनलाई नियन्त्रणमा लिइएको कर्णाली प्रदेशका डिआइजी जयराज रापकोटाले जानकारी दिए । पौडेल आइतबार मात्र एमालेको आन्तरिक चुनावी समीक्षा एवम् संगठन पुनर्गठन कार्यक्रममा लागि सुर्खेत पुगेका थिए ।
उनलाई साँझ ५ बजेतिर कार्यक्रम भइरहेको शुभ होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएका पौडेललाई आज नै काठमाडौँ पठाउने तयारी भइरहको छ । स्थलमार्ग वा सुर्खेतबाट नेपालगञ्ज लिएर त्यहाँबाट काठमाडौँ पठाउने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment