सीपसँगै आत्मनिर्भरताको बाटोमा महिला

सुर्खेत : महिलालाई सीप, आत्मनिर्भरता र स्वरोजगारसँग जोड्ने उद्देश्यले सुर्खेतमा उद्यम विकास तालिम सञ्चालन गरिएको छ। ‘समग्र विकासको अवरोध– जातीय तथा लैङ्गिक विभेद’ भन्ने मूल नारासहित दलित महिला संघ फेडोको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजना गरेको तालिममा ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।

 अायाेजकका अनुसार तालिमले महिलामा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आर्थिक रूपमा सबल बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ। सहभागीलाई उद्यम सञ्चालन, उत्पादनको बजारीकरण र आत्मनिर्भर बन्न आवश्यक सीपबारे उमा श‌कर आचार्यले प्रशिक्षण दिइएका थिए।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख सरला रेग्मीले सीप सिकेर मात्र नपुग्ने, त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्ने बताइन्। महिलाले आफैं उद्यमी बन्ने र अरूलाई पनि उद्यमशीलतातर्फ प्रेरित गर्नुपर्नेमा जोड दिइन्।

‘उद्यमशील बन्न स्पष्ट लक्ष्य आवश्यक हुन्छ। महिलाले आफ्नो हातमा सीप हुनुपर्छ। सीप सिकेपछि उत्पादनलाई बजारसम्म पुर्‍याउने र सामाजिक सञ्जालजस्ता माध्यमबाट प्रचार–प्रसार गर्न पनि जान्नुपर्छ,’ रेग्मीले भनिन्।

दलित महिला संघ फेडोका अध्यक्ष मञ्जु सुनारले महिलाले आफ्नो सीपलाई आम्दानीको माध्यम बनाउन सक्नुपर्ने बताइन्। उनले महिलाले ऋणको भरमा नभई आत्मविश्वास, सीप र आम्दानीका आधारमा अघि बढ्नुपर्ने धारणा राखिन्। ‘सीप सिक्ने प्रक्रिया सुरुमा कठिन लाग्न सक्छ, तर त्यही सीपले आत्मनिर्भर बन्ने बाटो खोल्छ,’ उनले भनिन्।

Post a Comment

Previous Post Next Post