सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’हुदै

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

आयोजकले बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै आगामी जेठ ९ देखि ११ गतेसम्म ९मे २२–२४, २०२६० सम्मेलन आयोजना गरिने सम्मेलनका संयोजक तर्कबहादुर शाहीले बताए । उनले यो सम्मेलन कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक कार्यक्रमका रूपमा लिइएको बताए । 

सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रवर्द्धन र दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपालसँगै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीका पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, ट्राभल एजेन्सी, टुर अपरेटर, होटल व्यवसायी र पर्यटन विज्ञहरूको सहभागिता रहने जनाइएको छ ।

कर्णाली प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन तथा अतिथि सत्कारका दृष्टिले सम्भावनायुक्त भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । सम्मेलनमार्फत ती सम्भावनालाई विश्व पर्यटन बजारसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

 ‘सम्मेलनअन्तर्गत बीटुबी बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भ्रमण, फ्याम ट्रिप, प्राविधिक छलफल, प्यानल डिस्कसन तथा सांस्कृतिक कार्यक्रम गर्ने छौं,’ उनले भने, ‘यस्ता गतिविधिले पर्यटन क्षेत्रका सरोकारवालाबीच अनुभव आदानप्रदान, व्यावसायिक सहकार्य र दीर्घकालीन साझेदारीको वातावरण निर्माण गर्ने आयोजकको विश्वास लिएको छ ।’


 

Post a Comment

Previous Post Next Post