हानिकारक प्रथा रुपान्तरण गर्न धार्मिक अगुवाहरुलाई आग्रह

सुर्खेत : सुर्खेतका धार्मिक अगुवाहरुले लैङ्गिक समानता र लैङ्गिक हिंसा रोकथामका लागि सामाजिक मूल्य मान्यताहरुको रुपान्तरण आवश्यक रहेको औंल्याएका छन् । उनीहरुले कुनैपनि धर्ममा लैंगिक भेदभाव गर्न नहुने, हिंसा गर्नु नहुने उल्लेख भएपनि वर्तमान समयमा त्यो भइरहेका हुँदा ती रुपान्तरण गरी समानता कायम गराउनुपर्ने पनि जोड दिए । 

महिला मानवअधिकार, आवाज र अपांग महिला समाजको आयोजनामा सुर्खेतमा भएको धार्मिक गुरुहरुसंग हानिकारक परम्परा तथा बालविवाह सम्बन्धी कार्यक्रममा अगुवाहरुले हानिकारक प्रथालाई रुपान्तरण गदै ल्याउनुपर्नेमा सुझाव दिएका छन् । हानिकारक प्रथाले नै विभेद, हिंसा बढाएको उल्लेख गर्दै उनीहरुले अव सामाजिक मूल्य मान्यतालाई युग र परिवेश सुहाउँदो बनाउनुपर्ने बताए । साथै बालविवाह गरेमा धर्म कमाइन्छ भन्ने जस्ता कुरीतिले गर्दा विगतमा बालबिबाह बढेको हुँदा अव त्यस्ता कुरीतिहरु पनि हटाउनुपर्ने उनीहरुको भनाइ छ । हानिकारक प्रथाले नै अहिले विकृति ल्याएको र त्यसको परिणाम सवैले भोग्नुपरेको धार्मिक अगुवाहरुले औंल्याए । 

आवाजका सिनियर कार्यक्रम व्यवस्थापक चेतन गिरीले बालविवाह जस्ता कुप्रथा अन्त्यका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन । उनले धार्मिक गुरुहरु समाजलाई सही दिशामा निर्देश गर्ने बौद्धिक व्यक्तिहरु भएको चर्चा गर्दै सामाजिक मूल्य मान्यतालाई रुपान्तरण गर्न सहयोग गर्न सक्ने जनाएका छन । हानिकारक मूल्य मान्यतालाई परिष्कृत गराउन पनि धार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने उनको कार्यपत्रमा उल्लेख छ । 

यस्तै बालबिवाह पनि बहुसमस्याको जड भएको हुँदा त्यसको पनि अन्त्य गर्न आवश्यक रहेको छ । उनले कर्णाली प्रदेशमा २१ प्रतिशत बालिका १९ वर्ष नपुग्दै आमा बन्ने गरेको तथ्यांक रहेको उल्लेख गर्दै जसले सवैलाई चिन्तामा पु¥याएको जानकारी दिए । उनका अनुसार कर्णालीमा १९ वर्ष मुनिका गर्भवतीको संख्या सवैभन्दा बढी जाजरकोटमा ३८.५३ प्रतिशत छ । 

कार्यक्रममा हिन्दु धर्मका गूरु, कृष्सियन धर्म गूरु,देउती बजैँका पुजारी,चौधरीका गूरु,मुस्लिम समुदायका गूरु लगायतले समाजमा हुने विकृती प्रति आफुहरु चेतनशिल रहेको बताएका छन । उनीहरुले आफ्नो धर्ममा बालबालिकामा हुने हिंसाको विरोध गर्नुका साथै विवाहलाई रोक्ने काामहरु पनि गर्दै आएको बताएका छन । समाजमा फैलाउने विकृतीके पछि नलाग्न समेत आग्रह गरेका हुन । 


Post a Comment

Previous Post Next Post