सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका खड्काको अग्रता

सुर्खेत : सुर्खेत  निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहाददुर खड्काले सुरुआती अग्रता ल्याका छन्। बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार बिष्णुबहादुर खड्काले ७९६ मत प्राप्त गरेर अग्रता कायम गरेका छन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह ५४५,नेकपा एमाले ध्रुवकुमार शाही ४२७, नेपाल कम्युनिस्ट पार्टीका जीतबहादुर राना  ७७, राप्रपाका उम्मेदवार रविकिरण हमालले १७ मत पाएका छन ।  

यस्तै सुर्खेत क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले सुरुवाती अग्रता ल्याए छन् ।  जारी मतगणना अनुसार ८०८ मतगणना हुदा देवकोटाले ३१६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नारायण कोइरालाले २१८ मत प्राप्त गरेका छन । नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन् ।

Post a Comment

Previous Post Next Post