कर्णालीमा प्रतिनिधि सभा निर्वाचनको अन्तिम तयारी पुरा : ९ सय ४१ मतदान स्थल

सुर्खेत : भोली (विहीबार)हुने प्रतिनिधि सभा निर्वाचनको अन्तिम तयारी पुरा भएको छ । कर्णाली प्रदेशमा ९ सय ४१ मतदान स्थलका १ हजार ४ सय ३७ मतदान केन्द्रमा मतपेटि, मतपत्र र सुरक्षाकर्मीसहित कर्मचारी खटिएका छन । कर्णालीका दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टरबाट मतदान सामग्री र कर्मचारीहरु पुर्याइ सकेको छ । हुम्लाका ८, डोल्पाका २० र मुगुका ३ मतदान केन्द्रमा सामग्री र कर्मचारीहरुलाई हेलिकप्टरबाट पठाइएको छ । भोली हुने मतदानकालागि मतदान स्थल र केन्द्रहरूमा पुगेका कर्मचारीहरुले सहजताकालागि राजनीतिक दलहरुसंग सर्वदलिए बैठक गरि सहमति समेत गरि सकेका छन । यसैगरि कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतका दुई निर्वाचन क्षेत्रमा निर्वाचन प्रहरीसहित नेपाल प्रहरी १ हजार ८२८ , शसस्त्र ७ सय ५१  र निजामति कर्मचारी १ हजार ८ सय १८ जना खटिएका छन । निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरूले सवै राजनीतिक दलका प्रतिनिधिसंग सर्वदलिय बैठक सम्पन्न गरि सकेका छन । भोली मतदान सकिए लगत्तै मत गणनास्थलसम्म ओसार्ने काम अवेर राती १ वजेसम्म सवै मतपेटि संकलन गरिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । 

कर्णालीमा दश लाख ३५ हजार २ सय ५० मतदाता रहेका छन । जसमा महिला ५ लाख ९ हजार ३६१  र पुरूषमा ५ लाख २७ हजार ८८६ मतदाता रहेकन छन । मतदानका दिन मतदात परिचय पत्र नभएका, अपांग, बृद्धबृद्धालाई केन्द्रसम्म ल्याउने साधान र मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने सम्वन्धमा स्थानिय राजनीतिक दलसंग छलफल गरि सहमति समेत गरि सकेका छन । यसपटकको निर्वाचनमा नेपाली सेनाले मतपेटिका गणनास्थल सम्म पुर्याउने जिम्मा लिएको छ । हिमाली जिल्ला र पहाडी जिल्लाका केहि मतदान स्थलबाट मतपेटि हेलिकप्टरबाट गणना स्थलसम्म ओसार्ने तयारी भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णाली प्रदेशमा मत गणना स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । मत गणना स्थलमा तारजाली लगाइएको छ । तारजाली बाहिर राजनीतिक दलका प्रतिनिधि रहने छ भने भित्र मुख्य निर्वाचन अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी रहेन छन ।  केन्दहरूमा मतदाताहरूलाई मतदान गर्न सहज बनाउन बृद्धबृद्धा,अपांग मैत्री बनाईएको छ । मतदाता क्रम संख्याका आधारमा मतदाताहरू लाईन बस्ने व्यवस्थापन गरिएको छ । बिहिवार विहान ७ वजेबाट सवै मतदान केन्द्रहरूमा मतदान गर्न सुरू गरिने छ । कर्णालीमा १२ निर्वाचन क्षेत्रमा १२ जना जनप्रतिनिधि मतदानमार्फत चुनिनेछन् । जसमा १ सय ३८ जना चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा सुरक्षाकर्मी कर्माचारीहरु सवै आ आफ्नो निर्वाचन क्षेत्रमा खटिएका सुर्खेतका मुख्य निर्वाचन अधिकृत दिपक ढकालले बताए । मतदान सम्पन्न भए लगत्तै मत पेटि निर्वाचन स्थल पुर्याएने उनले बताए । सुर्खेत निर्वाचन क्षेत्र १ को मत गणना सिटिहल मेहलकुना र २ को मत गणना वीरेन्द्रनगरको सिटि हलमा गणना हुने जानकारी दिए ।

 


Post a Comment

Previous Post Next Post