सुर्खेत : जिल्ला अदालत सुर्खेतले १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या प्रकरणमा चार जना अभियुक्तलाई बाल सुधार गृहमा पठाउने आदेश दिएको छ ।
सुर्खेत जिल्ला अदालतको बाल इजलासले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान नसकिँदासम्म बाल सुधार गृहमै राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो । न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार भएको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउने आदेश भएको हो । उक्त आदेश सुर्खेत अदालतको वेबसाइटमा समेत अद्यावधिक गरिएको छ ।
चारै जना अभियुक्त नाबालक भएकाले उनीहरुलाई बाल सुधार गृहमा पठाइने छ ।
गत फागुन २३ मा सुर्खेतको जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो, अस्पतालले मृत घोषण गरेको थियो । घटनापछि प्रहरीले अनुसन्धान गर्दै चार जना बालकलाई नियन्त्रणमा लिएको थियो ।

Post a Comment