सुर्खेत एमालेको राँके जुलुसमा प्रहरीले गरे लाठी चार्ज : प्रदर्शनकारी र प्रहरी घाइते

सुर्खेत : सुर्खेतमा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि आयोजित राँके जुलुसहितको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ ।

२३-२४ भदौको जेन-जी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगको सिफारिसअनुसार ओलीलाई प्रहरीले पक्राउ गरेपछि एमालेले देशभर विरोध प्रदर्शन जारी राखेको छ ।

सोमबार साँझ जिल्ला पार्टी कार्यालयद्वारा आयोजित राँके जुलुलसहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । एमालेको विरोद्ध प्रदर्शनका क्रममा सुरक्षा व्यवस्थापनमा खटिएका नगर प्रहरी कार्यालयका प्रमुख  तथा प्रहरी निरीक्षक राजन भट्टराइमाथी प्रदर्शनकारीले मुक्का प्रहार गर्दा अगाडिका दाँत भाँचिएका छन् ।  प्रहार गर्ने व्यक्तिलाई नियन्त्रण गर्न खोज्दा भिड तितरबितर हुँदा एक प्रदर्शनकारी सामान्य घाइते भएका थिए । घटना सम्बन्धी अनुसन्धान जारी छ। घाइते प्रहरी निरीक्षक र प्रदर्शनकारी दुवै उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी दिए।

Post a Comment

Previous Post Next Post