सुर्खेत : सुर्खेतमा दुई छोराछोरीसहित ३८ वर्षीया महिला सम्पर्कविहीन भएकी छन् । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षीय छोरा दीपकसँगै सम्पर्कविहीन भएकी हुन् । आइतबारदेखि उनीहरू हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिहान ७ बजे घरबाट सम्पर्कविहीन भएको भन्दै मायाका श्रीमान् भुपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेका थिए । त्यसपछि त्यहाँका प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोलीसहित वडाध्यक्ष र स्थानीयले खोजतलास सुरु गरेका थिए ।
कठायतको घरदेखि करिब ३ किलोमिटर दुरीमा रहेको भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
त्यही क्षेत्र आसपास ३५ जना प्रहरी र स्थानीयले अहिले पनि खोजी गरिरहेका छन्, तर माया र उनका सन्तान अहिल्य सम्म भेटिएका छैनन् ।


Post a Comment