शिकार खेल्न गएका पाँच जना दशदिनदेखि सम्पर्कविहीन

सुर्खेत : बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका सुर्खेत बराहतालका पाँच जना सम्पर्कविहीन भएका छन्। फागुन २३ गतेदेखि शिकार खेल्न गएका उनीहरू दशदिनसम्म सम्पर्कमा नआए पछि घरपरिवारले प्रहरीलाई सोमबार खबर गरेका हुन् । 

सम्पर्कविहीन हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र सुर्खेतको लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिँजाली रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले उनीहरु बेपत्ता भएको खबर आजमात्र हामीलाई प्राप्त भएको बताए । बाँके प्रहरी र सुर्खेत प्रहरीलो खोजी गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post