ग्यासको कालोबजारी गर्नेलाई कारबाही गर्ने सुर्खेत प्रशासनको चेतावनी

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको जिल्ला प्रशासन कार्यालयले ग्यास तथा इन्धनको कृतिम अभाव सिर्जना गरे कारबाही गर्ने चेतावनी दिएको छ । 

मध्यपूर्वी देश इरान र इजराय युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै व्यापारीहरूले मौकाको फाइदा उठाई ग्यासको कालोबजारी गर्न खोजेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो । शुक्रबार सूचना जारी गर्दै प्रशासनले भनेको छ, ‘यस जिल्लाका विभिन्न उपभोक्ताहरूद्वारा बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास)तथा इन्धनको सहज प्राप्तिमा कठिनाई भएको भन्ने गुनासो आएकोले कोही कसैले पनि अनावश्यक रूपमा इन्धन तथा ग्यास सिलिन्डर होल्डिङ नगरी ग्यास तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ ।’

साथै, अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा र नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

Post a Comment

Previous Post Next Post