सुर्खेत : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्ले स्थित सानीभेरी नदीमा २ किशोरीको शव फेला परेको छ । बाँफिकोट ३ भाग्लेकी १४ बर्सिया उर्मिला ओली र १२ बर्सिया कल्पना ओली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद ओलीले जानकारी दिए ।
उनीहरू एकै घरका दिदी बहिनी हुन् । उनीहरू नदीमा डुबिरहेको अवस्थामा स्थानीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक पुनका अनुसार करिब ५ सय मिटरको दुरीमा उनीहरूको शव फेला परेको हो । अर्की एक किशोरी १३ बर्सिया सपना ओली बेपत्ता रहेको उनले बताए।
उनको खोजी भइरहेको उनको भनाई छ । उनीहरू हिजो मुसिकोट नगरपालिका १ को भलखोलामा विवाहका लागि घरबाट निस्किएको जानकारी पाएको प्रहरीले जनाएको छ । उनीहरू कसरी नदीमा बगे भनेर पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।

Post a Comment