टी-२० विश्वकप क्रिकेट : नेपाललाई ४ रनले पराजित गर्दै इंगल्यान्डको जित

काठमाण्डौँ : टी-२० विश्वकप क्रिकेटमा नेपाल इंगल्यान्डसँग पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल इंगल्याण्डसँग ४ रनले पराजित भएको हो।

इंगल्याण्डबाट १८५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा १८० रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९, लोकेश बमले नटआउट ३९ र कुशल भुर्तेलले २९ बनाएका थिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २र२, शेर मल्ल र सन्दीप लामिछानेलेले १र१ विकेट लिएका थिए।

इंगल्याण्डका लागि ज्याकोप बिथेलले ५५, ह्यारी ब्रुकले ५३, विल ज्याक्सले नटआउट ३९, जोस बट्लरले २६ रन बनाएका थिए। इंगल्याण्डका लियाम डसनले २, साम कुरान, लुक उड, जोफ्रा आर्चर र विल ज्याक्सले १–१ विकेट लिए।

Post a Comment

Previous Post Next Post