सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते : ३ वर्षीया बालिकाको अवस्था गम्भीर

सुर्खेत : सल्यानको शारदा नगरपालिका–२ खलंगामा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो ।

दुर्घटनामा परी अटोमा सवार ११ मध्ये १० जना घाइते भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घाइतेमध्ये ७८ वर्षीय वृद्ध र ३ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक पूर्ण बहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो । अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगी भने सकुशल रहेका छन् ।

 प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र नभएको पाइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

घाइतेहरू हुनेमा 

१, टर बहादुर रेउले ७८ वर्ष सिद्दकुमाख गा.पा–१ अवस्थाः गम्भीर

२, सृष्टि बि.क. (३ वर्ष स्बनगाड कुपिण्डे न.पा.–अवस्थाः गम्भीर

३, दिपक बि.क.३५ वर्ष: सिद्दकुमाख गा.पा.–२-अवस्थाः मध्यम

४,रेशम बहादुर नेपाली (१९ वर्ष): शारदा न.पा.–११ अवस्थाः मध्यम

५, दिपक बि.क. (७ वर्ष): बनगाड कुपिण्डे न.पा.–९ (अवस्थाः मध्यम)

६,संगिता बि.क. (२३ वर्ष): बनगाड कुपिण्डे न.पा)–९ (अवस्थाः सामान्य)

७, कृष्णा बुढाथोकी (२३ वर्ष): दाङ बबई गा.पा.–६ (अवस्थाः सामान्य)

८, स्मृति बुढाथोकी (३ वर्ष: दाङ बबई गा.पा.–६ (अवस्थाः सामान्य)

९, धनि सुनार (३८ वर्ष)स् सिद्दकुमाख गा.पा.–२ (अवस्थाः सामान्य)

१०,पुष्पा सुनार (३९ वर्ष)स् सिद्दकुमाख गा.पा.–२ (अवस्थाः सामान्य)


Post a Comment

Previous Post Next Post