डोल्पाका अर्जुन वुढाले जिते ‘‘पिस एण्ड युनिटी रन’ ’

सुर्खेत :  नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टरले आयोजना गरेको‘ ‘पिस एण्ड युनिटी रन’  मा डोल्पाका अर्जुन वुढा प्रथम भएका छन ।  १० किलोमिटर दौड खुल्लातर्फ वढाले ३१ मिनेट १७ सेकेन्टमा दुरी पूरा गरेका हुन ।

यस्तै, द्वितीय आशिष गुरुङले १० किलोमिटरको दुरी ३३ मिनेट ४९ सेकेन्टमा पुरा गरे भने तृतीय भएका मुकेश शाहीले ३४ मिनेट ११ सेकेन्टमा पूरा गरेका थिए ।


१० किलोमिटर खुल्ला महिलातर्फ विमला कार्कीले ४१ मिनेट ३ सेकेन्टमा दुरी पार गरि प्रथम भएकी छिन ।  यस्तै द्वितीय गिता कुमारी खड्काले ४१ मिनेट १० सेकेन्टमा दुरी गरिन् भने तृतीय कृष्णा कुमारी एडीले ४१ मिनेट ३५ सेकेन्टमा दुरी पार गरेकी थिइन । 

पाँच किलोमिटर छात्रातर्फ दैलेखकी चन्द्रा वुढाले पाँच किलोमिटरको दुरी २३ मिनेट ३ सेकेण्डमा पुरा गरेर प्रथम भइन् । द्वितीयमा संस्कृती सापकोटाले २४ मिनेट १ सेकेण्ड र तृतीय दिपा कठायतले पनि समान समयमा दुरी पार गरेकी थिइन् ।  

पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार, १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र पाएका थिए । 



Post a Comment

Previous Post Next Post