राष्ट्रियसभा सदस्यका लागि दुई पदमा निर्वाचन

सुर्खेत : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनकालागि आज मनोनयन दर्ता हुँदैछ । कर्णाली प्रदेशमा एक खुल्ला र एक महिला गरी दुई वटा कलस्टरमा मनोनयन दर्ता हुने छ । 

मनोनयन दर्ताका लागि सर्खेत स्थित प्रदेश निर्वाचन कार्यालयमा विहान १० वजेदेखि ३ वजेसम्म सयम रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

 प्रदेशमा प्रदेश सभा सदस्य ४० जना र प्रदेशका १० जिल्लामा ७९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख १५८ जना गरी कुल १९८ जना मतदाता रहेका छन् । कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्न कर्णालीका दश जिल्लाबाट नेपाली काग्रेस, एमाले र नेकपाले तीनरतीन जना सिफारिस केन्द्रमा गरेको छ ।  राष्ट्रिय सभामा नेपाली काग्रेसको १८६३, नेकपाको १८४४, नेकपा एमालेको ११९५ र राप्रपाको प्रदेश सभामा एक सिट रहेकाले उसको मत भार ५३ रहेको छभने स्थानिय तहमा रहेका स्वतन्त्रको मतभार १६७ गरि कर्णाली प्रदेशमा कुल मतभार ५१२२ रहेको छ । नेकपा एमालेले कर्णाली प्रदशबाट राष्ट्रिय सभाकालागि मिना रखाललाई उम्मेदवार बनाउने भएको छ । यस अघि उनी दैलेखको समानुपातिकबाट प्रदेश सभा सदस्य निर्वाचित  भएकी थिइन ।

Post a Comment

Previous Post Next Post