सुर्खेत : राष्ट्रिय सभा सदस्यका लागि कर्णालीबाट नेकपा एमालेबाट मिनासिह रखाल र नेपाली काँग्रेसबाट जुम्लाका ललितजंग शाहीले उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर रखालले दिउँसो १ बजे र शाहीले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएकी हुन् ।
रखाललाई नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाँइ प्रस्तावक र वीरेन्द्रनगर नगरनगरपालिकाका मेयर मोहनमाया ढकाल भण्डारी प्रस्ताव छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका शाहीलाई कर्णाली प्रदेशसभा सदस्य द्वय बेदराज सिंह प्रस्तावक र खड्क पोखरेल समर्थक छन् । नेपाली काँग्रेस प्रदेश कार्यसमितिका सभापति समेत रहेका शाही २०७९ को प्रदेसभा निर्वाचनमा काँग्रेसकै बिद्रोही उम्मेदवार देबेन्द्र बहादुर शाहीसँग पराजित भएका थिए ।
कर्णालीबाट नेपाली कम्युनिस्ट पार्टी नेकपाले पनि उम्मेदवारी दर्ता गराएको छ । साढे दुुई बजे प्रदेश निर्वाचन कार्यालयमा पुगेर पुगेर महिला तर्फ अञ्जु महत्तरा र अन्यतर्फ बुद्धिप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । महत्तारा डोल्पा र शर्मा रूकुमपश्चिमबाट उम्मेदवार बनेका हुन् ।
शर्माको प्रस्तावकमा विन्दमान विषट र कृष्णबहादुर जिसी समर्थक छन् भने महत्तराको प्रस्ताव उर्मिला विक र समर्थकमा मिलन खड्का रोका छन् । दुबै उम्मेदवारका प्रस्तावक र समर्थकहरू कर्णाली प्रदेश सदस्य हुन् ।



Post a Comment