सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको दुई वटा निर्वाचन क्षेत्र १ र २ मा ३० जनाले मनोनयन दर्ता गराएका छन । आसन्न प्रतिनिधसभा सदस्य निर्वाचनका लागि सुर्खेत बाट क्षेत्र नं। १ मा नेपाली काँग्रेसबाट बिष्णुबहादुर खड्का, नेकपा एमालेबाट ध्रुवकुमार शाही, नेपाली कम्युनिष्ट पार्टीबाट जीतबहादुर राना, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविकिरण हमाल, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी मगर, नेकपा माओवादीबाट हिरु शाही, श्रम संस्कृति पार्टीबाट बीरबहादुर रानालेउम्मेदवारी दर्ता गराएका छन ।
यस्तै आमजनता पार्टीबाट रमेश सेन्चुरी, जनता समाजवादी नेपाल पार्टीबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर बिष्ट र मितेरी नेपाल पार्टीबाट प्रकाश बुढामगरले मनोनयन दर्ता गराएका छन ।
यसैगरी सुर्खेत क्षेत्र नं.२ मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा नेपाली काँग्रेसबाट नारायणकुमार कोइराला, नेकपा एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशकुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कबिराम पुरी र जनता समाजवादी नेपाल पार्टीबाट दिपबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन ।यसैगरी उज्यालो नेपाल पार्टीबाट गम्भीरसिंह भुल, नेपाल मजदुर किसान पार्टीबाट तुलक्षी खड्का, नेकपा ९माओवादी०बाट धर्मराज देवकोटा, गतिशील लोकतन्त्र पार्टीबाट पवन थापा मगर, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेकपा ९संयुक्त०बाट प्रेमबहादुर तारामी, र, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रामजाली र जनसेवा पार्टीबाट हृदयेन्द्र अधिकारी तथा स्वतन्त्रबाट उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियारले उम्मेदवारी दर्ता गराएका छन ।






Post a Comment