कर्णालीबाट राष्ट्रियसभा निर्वाचनका लागि शाही र रखाल विजयी

सुर्खेत : राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा कांग्रेसका ललितजंग शाही र एमालेकी नेकपा एमालेकी मीनासिंह रखाल विजयी भएको प्रमुख लालबहादुर गुरुङ्गले जानकारी दिए ।

कांगे्रसका शाहीलाई कर्णाली प्रदेशसभाका २६ जना र स्थानीय तहका एक सय जना प्रमुख÷उपप्रमुखको मत दिए । उनले कुल तीन हजार २ सय ७८ मत पाए । 

त्यस्तै एमालेका रखाललाई कर्णाली प्रदेशसभाका २६ जना र स्थानीयका ९३ जना प्रमुख÷उपप्रमुखको मत दिए । रखालले ३ हजार २ सय ७८ मत ल्याएर विजयी भइन् । कर्णालीमा नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त गठबन्धन थियो ।


नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बुद्धिप्रसाद शर्मालाई कर्णाली प्रदेशसभाका १३ जना र स्थानीय तहका ५० जना प्रमुख उपप्रमुखले मत दिए । उनले कुल १ हजार ६ सय ३९ पाए ।

त्यस्तै नेकपाकै अञ्जु महतरालाई पनि कर्णाली प्रदेशसभाका १३ र स्थानीय तहका ५५ जना प्रमुख उपप्रमुखको मत दिए । उनले कुल १ हजार ७ सय ३४ मत प्राप्त ल्याइन ।

राष्ट्रिय सभाका लागि कर्णालीमा प्रदेशसभातर्फ ४० मध्ये ३९ र स्थानीय तहका १ सय ५८ मध्ये १ सय ५२ जना मतदाताले मत हाले । खसेको कुल मतमध्ये स्थानीय तहतर्फको ६ मत भने बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

Post a Comment

Previous Post Next Post