कांग्रेस रुकुम पश्चिमले टुङ्गो लगायो उम्मेदवारको नाम

सुर्खेत : नेपाली कांग्रेस रुकुम पश्चिमले उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी प्रतिनिधी सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवार टुङ्गो लगाएको पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओलीेले जानकारी दिए ।  प्रतिनिधी सभा सदस्यमा प्रत्यक्षतर्फ प्रेम प्रकाश ओली र गोपाल जी जंग शाहको नाम सिफारिस गर्ने निर्णय भएको सभापति ओलीले जानकारी दिए । त्यसैगरी समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गरिएको छ । 

राष्ट्रिय सभा सदस्यमा वीरबहादुर ओलीको नाम सिफारिस गर्ने निर्णय भएको पार्टी सभापति ओलीले बताए । उम्मेदवार छनौटको लागि गत बुधबारबाट कांग्रेसले वैठक प्रारम्भ गरेर विभिन्न चरणका छलफल गरेको थियो । 

प्रतिनिधी सभा सदस्स्यमा प्रत्यक्षतर्फ सिफारिस भएका ओली सहिद हरिभक्त ओलीका छोरा हुन भने दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हालेका छन । त्यसैगरी पूर्व राज्यमन्त्री समेत रहेएका शाह सम्मानित नेताको रुपमा चिनिन्छन । 

समानुपातिकमा सिफारिस  भएका नेपाली राष्ट्रिय दलित आयोगको पूर्व अध्यक्ष तथा पार्टीको केन्द्रिय सदस्य हुन। समानुपातिकतर्फ सिफारिस भएका महिला नेत्रृ भण्डारी महिला संघ रुकुमको अध्यक्ष हुन । उनी अधिवक्ता समेत हुनु ।  

राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका नेता वीरबहादुर ओली पार्टीका पूर्व जिल्ला उपसभापति एवम् पूर्व महाधिवेशन प्रतिनिधि हुन। उनी आदर्शवान नेताको रुपमा समेत चिनिन्छन ।

जिल्ला पार्टीले टुंगो लगाएका उम्मेदवारहरुको नामावली प्रदेश समितिमा सिफारिस गर्न लागेको जिल्ला अध्यक्षले जानकारी दिए । 

Post a Comment

Previous Post Next Post