शान्ति समाज सुर्खेतद्धारा भ्रष्टाचार विरुद्ध वीरेन्द्रनगरमा प्रदर्शन

सुर्खेत : मानव अधिकार तथा शान्ति समाज सुर्खेतले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको छ।   ९ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको अबसरमा शान्ति समाज सुर्खेतले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो । 

सुशासनका लागी आर्थिक दण्डहिनता अन्त्य गर, भ्रष्ट शिर्ष नेतालाई कारवाही खोई,शिर्ष भ्रष्ट पात्रलाई कारबाही गर्नु सुशासनको माग, भ्रष्ट पात्र र प्रवृत्तिलाई ईतिहासले खारेज गरिसक्यो, नयां सरकार पनि पुरानै मार्गमा किन लगायतका प्ले कार्डहरु प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाहीले भ्रष्टचार र कुशासनबाट ग्रसित मुलुकलाई भ्रष्ट नेतालाई कारबाही  र भ्रष्ट प्रवृत्ति लाई पुर्ण रुपमा निस्तेज गरी सुशासनका माध्यमबाट नागरिकमा आशा जोगाउनुनै सरकारको दायित्व रहेको महासचिव शाहीको भनाई छ। जेन्जि आन्दोलन पश्चात गठित नागरिक सरकारले भ्रष्टचारीलाई कारवाही गरी सुशासनको प्रत्याभुति गर्नु र समयमै चुनाव गराएर मुलुकलाई निकास दिनुनै मुख्य जिम्मेवारी रहेको वताउंदै आफ्नो जिम्मोवारीबाट बिमुख हुन नहुने धारणा  राखेका थिए। अन्तराष्ट्रिय भ्रष्टचार दिवसका अवसरमा भ्रष्टचारीलाई कारवाही र सुशासनको माग गर्दै विभिन्न जिल्लामा शान्ति समाजले प्रदर्शन गरिरहेको जानकारी दिए । 

 प्रदर्शनमा मावव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाही लगाएत १ दर्जन बढी अधिकार कर्मीहरुको सहभागिता रहेको थियो। 

Post a Comment

Previous Post Next Post