सुर्खेत : पत्रकारितामा अन्य विधालाई जस्तै स्वास्थ्य क्षेत्रको विटलाई अझ प्राथमिकता दिन सुझाव दिइएको छ । स्वास्थ्य पत्रकार समाजको प्रथम बार्षिक साधारणसभामा सहभागीहरुले स्वास्थ्यलाई प्राथमिकता दिइ स्वास्थ्य जस्तो संवेदन विषयप्रति थप संवेदनशील बन्न सुझाव दिइएको हो । सभामा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण केसीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जिम्मेवार, तथ्यपरक र सचेत पत्रकारिता आजको आवश्यकता भएको बताए । उनले स्वास्थ्यसम्बन्धी समस्या उजागर गर्ने, नीति निर्मातालाई सचेत गराउने तथा नागरिकलाई सही र विश्वसनीय सूचना प्रवाह गर्ने कार्यमा स्वास्थ्य पत्रकार समाजले महत्वपूर्ण योगदान दिने विश्वास लिएको जनाए । साथै आगामी दिनमा यस जिम्मेवार भएर अगाडि बढ्नसमेत आग्रह ।
स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य अधिकृत भानु बस्यालले स्वास्थ्यमा देखिएका बेथितिका साथै राम्रा कामहरुलाई उजागर गरिदिन आग्रह गरे। साथै सहकार्य र समन्वयका साथ आफ्नो कर्म जारी पनि पनि उनले अपिल गरे। जनस्वास्थ्य सेवा कार्यालयका उदय विसीले कर्णालीमा स्वास्थ्यको क्षेत्रमा कलम चलाउने पत्रकारहरु संस्थागत भएकोमा खुसी व्यक्त गरे। उनले स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता नदिएको अवस्थामा समाजले प्राथमिकता दिने उद्देश्य राखी स्थापना गरिएकोमा सह्राना व्यक्त गरे।
कार्यक्रममा पत्रकार महासंघ कर्णागली प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराई, नेपाल प्रेस युनियनका केन्द्री उपमहासचिव कमल पन्त, संचारिका समूहका सचिव रजनी योगी, शिक्षा पत्रकार समूहका कोषाध्यक्ष रमा केसीलगायतले स्वास्थ्य पत्रकार समाजले विधागत पत्रकारिताको क्षेत्रमा चालेको कदमको स्वागत गर्दै आगामी दिनमा समन्वय र सहकार्य गर्दै बढ्न सुझाव दिएका छन् ।
सभाले ललित बसेलको अध्यक्षतामा सात सदस्य समाजको नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा त्रृप्ति शाही, महासचिवमा नन्दराम जैसी, सचिवमा मिमबहादुर रावल रमेश, कोषाध्यक्ष गीता थापा र सदस्यहरुमा देव राना र टेकराज केसी निर्वाचित भएका छन ।

Post a Comment