📸 फोटो: दुल्लु नगरपालिकामा आयोजित “जैविक कृषि–जीवन्त परिवार” नारासहितको ब्यानर
कर्णाली प्रदेशको दोस्रो ठूलो स्थानीय तह दुल्लु नगरपालिकालाई पारिस्थितिकीय र जैविक कृषि नमुना गाउँको रूपमा विकास गर्ने उद्देश्यका साथ हाल विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छन्।
उक्त लक्ष्यलाई मूर्त रूप दिन पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रूपान्तरण परियोजना अन्तर्गत दुल्लु नगरपालिका स्तरिय वृहत संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
जर्मन सरकारको आर्थिक सहयोगमा सञ्चालित यस परियोजना ANSAB (एशिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायो–रिसोर्सेस) र लिभर्ड नेपालको सहकार्यमा कार्यान्वयनमा आएको हो।
“जैविक कृषि–जीवन्त परिवार, यसका लागि म पनि जिम्मेवार” भन्ने नाराका साथ दुल्लु नगरपालिकाले आफ्ना १३ वटै वडामा जैविक कृषिमा आधारित विभिन्न गतिविधि अघि बढाएको छ।
हालको कृषि प्रणालीमा विषादी तथा रासायनिक मलको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै आएको र माटोको उर्वराशक्ति घट्दै गएको जनाइएको छ।
यही कारणले दुल्लु नगरपालिकाले प्रविधिमैत्री र वातावरणीय सन्तुलन कायम राख्ने अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्न थालेको हो।
अन्तरक्रिया कार्यक्रममा दुल्लु नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, वडास्तरका अगुवा किसान, होटल व्यवसायी, तरकारी तथा फलफूल विक्रेता, उद्योगी–व्यापारी, कृषि समूहका पदाधिकारी, वन र कृषि क्षेत्रका प्रमुख प्रतिनिधि तथा खाद्य सुरक्षा क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगरप्रमुख भरत प्रसाद रिजालले दुल्लु नगरपालिकाले विगतदेखि नै कृषकमैत्री नीति र कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो।
उहाँले भन्नुभयो, “कृषकहरूले श्रम र सीपमा आधारित योजना अघि सारेमा नगरपालिका त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न र सहयोग पुर्याउन सधैं तयार छ।”
नगरप्रमुख रिजालका अनुसार दुल्लु नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउनका लागि जैविक मल उत्पादन, बीउ संरक्षण, जैविक बजार विस्तार र खाद्य प्रणाली सुधारका विषयमा विभिन्न कार्यक्रम अघि बढाइरहेको छ।
त्यसैगरी, ANSAB का वरिष्ठ प्रबन्धक शंकर भट्टराईले अहिलेको खाद्य श्रृंखलामा रसायनको अत्यधिक प्रयोगका कारण स्वास्थ्य र वातावरण दुबै क्षेत्रमा नकारात्मक असर परेको बताउनुभयो।
उहाँले रासायनिक पदार्थको प्रयोग घटाउँदै अर्गानिक उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै भने, “यदि हामीले अहिलेबाट सचेत भइएनौं भने माटो, पानी र हावाको गुणस्तरमा दीर्घकालीन असर पर्न जान्छ।”
भट्टराईका अनुसार परियोजनाले किसानहरूलाई जैविक प्रविधि, मल–किट व्यवस्थापन, माटो परीक्षण, बीउ संरक्षण र बजार प्रवर्द्धनका क्षेत्रमा तालिम र सहयोग पुर्याइरहेको छ।
अन्तरक्रियामा सहभागी किसान र व्यवसायीहरूले पनि जैविक खेतीका माध्यमबाट स्वस्थ उत्पादन गर्न र बजारमा ‘लोकल अर्गानिक’ प्रणाली विकास गर्नका लागि सहकार्य गर्न तयार रहेको बताएका छन्।
कृषकहरूले जैविक मल उत्पादन र तालिम विस्तारमा नगरपालिका र सरोकारवाला निकायको सहयोग आवश्यक रहेको धारणा राखेका थिए।
दुल्लु नगरपालिकाले आगामी वर्षहरूमा सबै वडालाई क्रमशः अर्गानिक नमूना वडाका रूपमा घोषणा गर्ने योजना अघि सारेको छ।
यसका लागि कृषि समूह, सहकारी संस्था, महिला सशक्तीकरण कार्यक्रम र युवा क्लबसँग सहकार्य गरिने बताइएको छ।
नगरपालिकाले दीर्घकालीन रूपमा स्थानीय खाद्य प्रणालीलाई दिगो, सुरक्षित र वातावरणमैत्री बनाउन ‘पारिस्थितिकीय अर्गानिक कृषि नमूना गाउँ’ निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।
यस अभियानले दैलेख मात्र होइन, कर्णाली प्रदेशकै अन्य स्थानीय तहहरूका लागि पनि अनुकरणीय मोडेल बन्ने अपेक्षा गरिएको छ।

Post a Comment