जनताको विश्वास जित्ने गरि काम गरे मात्र राजनिति बलियो हुन्छ : मुख्यमन्त्री कडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ , प्रदेश र स्थानीय सरकार फरक भए पनि एउटै भूगोलमा कार्यरत भएकाले तीन तहका सरकारको समन्वय तथा सहकार्यले मात्र नागरिक लाभान्वित हुने वताएका छन । उनले  विकास निर्माणका तथा सेवामा प्रवाहमा तीनै तहका सरकारको सहकार्य र समन्वयको अभाव समेत रहेको धारणा राखे। बुधबार सुर्खेतमा प्रदेश तथा स्थानीय सरकारबीच अन्तरसरकारी सम्बन्धका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले दोहोरोपन, अधूरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताए । उनले भने, “भूगोल सबैको एउटै हो, त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुनुपर्छ, तब मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन्।” मुख्यमन्त्री कडेलले अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तह बीचको सम्बन्ध अझ सुदृढ गर्दै जानु पर्ने उल्लेख गरे । उनले भने, “ आन्दोलनपछि बनेको गैर दलिय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरि गरेको पत्राचार तथा व्यवहार  गरिरहेको त्यसमा अहिले केहि सुधारहरू भएका छन, तर त्यसैमा ढुक्क हुने अवस्था छैन।

राजनीतिक दलमाथि प्रश्न उठिरहेको सन्दर्भमा उनले दलको विश्वसनीयता पुनःस्थापना गर्न जनताको समर्थनका साथ काम गर्नुपर्नेमा जोड दिए। “दर्शकको ठाउँमा बसेका जनतालाई अब राम्रो काम गरेर स्वतन्त्र रुपमा आफ्नो रक्षक बनाउने योजना तथा कार्यक्रम ध्यान केन्द्रित गर्न मुख्यमन्त्री कडेलको अनुरोध थियो।उनले भने, जनताको विश्वास जित्ने गरी काम गर्न सके मात्र राजनीति बलियो हुन्छ। मुख्यमन्त्री कडेलले  जनगुनासो नउठ्ने गरी योजना छनोट र कार्यान्वयन गर्न सुझाव दिए। “हामी हाम्रो गच्छे अनुसारको सरकार चलाउने व्यवस्थामा छौं,” उनले थपे, “आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्छ, त्यसका लागि दुबै तहको सरकारबीच समन्वय अनिवार्य छ।” प्रदेश र स्थानीय दुबै सरकारको उद्देश्य एउटै विकास र जनसेवा भएको हुनाले प्रतिस्पर्धा होइन, सहकार्यबाट मात्र कर्णालीको विकास सम्भव हुने मुख्यमन्त्री कडेलले विश्वास व्यक्ति गरे ।

कार्यक्रम जिल्ला समन्वय महासंघ, नगरपालिका महासंघ र गाँउपालिका महासंघ पदाधिकारी, जिल्ला समन्वयका प्रमुख र उपप्रमुख, गाँउपालिका प्रमुख, उपप्रमुख, मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, सचिव र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी रहेको छ।

Post a Comment

Previous Post Next Post