सामाजिक सेवामा सांग्रीला बैक : बृद्धाश्रमलाई खाद्यान्न र स्वाथ्य चौकीलाई ह्वलचियर

सुर्खेत : निजी क्षेत्रको सर्वोत्कृष्ट सांग्रीला डेभलपमेन्ट बैंकले सुर्खेतस्थित प्रशान्ति बृद्धाश्रमलाई खाद्यान्न वितरण गरेको छ । बैंकले विहीबार एक कार्यक्रमको आयोजना गरेर ३६ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरेको हो । बैंकको २१ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकले बृद्धाश्रममा बस्दै आएका आमा बुवाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

त्यस्तै दैलेख स्थिति गुराँश गाउँपालिका ५ मा रहेको गोगनपानी स्वास्थ्य चौकीमा ह्वलचियर वितरण गरिएको छ । स्वास्थ्य चौकीलाई एक थान ह्वलचियर र दुई थान पेरी लाइट वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले खाद्यान्न र ह्विलचियर वितरण गरिएको सांग्रीला डेभलपमेन्ट बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख जीवनकुमार डिसीले जानकारी दिए ।

निजी बैंकले हाल देशभर १ सय ९ वटा शाखा कार्यालय र ३८ वटा आधुनिक एटिएम सेवाबाट सेवा प्रवाह गर्दै आएको छ ।

सांग्रीला बैंकले कर्णाली प्रदेशमा विभिन्न ८ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । कर्णाली प्रदेशको आर्थिक विकास र नागरिकलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा आफ्ना सेवाहरुलाई थप परिकृत गर्दै लैजाने बंैंकले प्रतिबद्धता जनाएको छ ।

Post a Comment

Previous Post Next Post