सुर्खेत : सुर्खेतमा फरुवाले हानेर छोराले आमाको हत्या गरेका छन् । शुक्रबार बिहान भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षकी आमा धनिकलालाई फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरमै सुतिरहेको अवस्थामा कविरामले फरुवाले टाउकोमा प्रहार गरेका थिए । प्रदेश अस्पताल सुर्खेतमा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजारबाट पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गर्ने गरेको र आवेगमा आएर उनले आमालाई फरुवा प्रहार गरेको प्रहरीको भनाइ छ ।

Post a Comment