नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए शपथ

काठमाण्डौ : अर्थमन्त्री रामेश्वर खनालस ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिएका छन ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त भएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन । अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ ।

अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुन। तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनले अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिश आयोगका अध्यक्ष थिए। आयोगले केही महिनाअघि सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

यस्तै इन्जिनियर भएका कुलमान घिसिङलाई केही महिनाअघि केपी शर्मा ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । नेपालबाट लोडशेडिङ हटाएको श्रेय दिइने गरेका घिसिङलाई निकै लोकप्रिय मानिन्छ ।

ओमप्रकाश अर्याल कानून व्यवसायी हुन। उनले भ्रष्टाचार विरोधी अभियानकर्मीको छवि बनाएका थिए। उनले यसअघि काठमाण्डौ महानगरकामा कानूनी सल्लाहकार भएर काम गरेका थिए ।

Post a Comment

Previous Post Next Post