सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री यामलाल कँडेलले व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन भड्काइएको आरोप लगाएका छन । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका संरचनाहरुको अनुगमनपछि आइतबार पत्रकार सम्मेलन गर्दै मुख्मयन्त्री कँडेलले यस्तो बताएका हुन् ।
संघीय राजधानी काठमाडौंमा घटेका अप्रिय घटनाको असर कर्णालीमा समेत देखिएको उनले उल्लेख गरे । “घटना हुनु अघि नै म काठमाडौंबाट सुर्खेत आएको थिएँ, तर सुरक्षाका कारण सञ्चारकर्मीहरूसँग प्रत्यक्ष भेटघाट गर्न सकिनँ,“ उनले भने , अहिलेको विशेष परिस्थितिलाई सामन्यकरण बनाउन सबैको दायित्व रहेको भन्दै उनले पुर्खाको योगदानबाट मुलुकले प्राप्त गरेको संविधान, लोकतन्त्र र नागरिक अधिकारलाई बचाउनु सबैको दायित्व रहेको बताए । यही भदै २४ गतेको जेनजी आन्दोलनले विध्वम्सतर्फ उन्मूख भएपछि मुख्यमन्त्री कँडेल लगायतका नेताहरु सुरक्षाका लागि नेपाली सेनाको ब्यारेकमा पुगेका थिए । चार दिनसम्म सेनाको सुरक्षामा रहेका मुख्यमन्त्री र मन्त्रीहरु आइतबार मात्रै नियमित कामकाजमा फर्किएका छन् । आन्दोलनका क्रममा मुख्यमन्त्री कँडेलको पनि निजी निवासमा आगजनी र तोडफोड भएको थियो । आगजनी भएको निवासमा मुख्यमन्त्रीलाई उनको बुवाले अंकमाल गरेर भाव विह््वल भएको कारुणिक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कंडेलका अनुसार कर्णाली प्रदेशसभामा सबैभन्दा बढी क्षति भएको छ । सिंहदरबार, संसद भवन र शितल निवासजस्ता ऐतिहासिक संरचनामा भएको तोडफोडपछि कर्णालीमा पनि सुरक्षा प्रणाली कमजोर भएको र आफूलाई कपासेस्थित सेनाको ब्यारेकमा बस्नुपरेको उनले जानकारी दिए । कंडेलले व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन भड्काइएको आरोप लगाउँदै जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायमार्फत सजाय दिने प्रावधान रहेको बताए । आन्दोलनका क्रममा प्रदेश सभा, प्रदेश लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, राजधानीमा रहेका प्रमुख दलहरूको कार्यालय तथा केही नेताहरूको घरसमेत आगजनीमा परेर ध्वस्त भएको उनले बताए ।
मुख्यमन्त्रीले सबै क्षतिग्रस्त स्थानको अनुगमन आफूले गरिसकेको जानकारी दिँदै जेन–जी आन्दोलनका नाममा भएको आगजनी र तोडफोड कुनै हालतमा स्वीकार्य नहुने प्रष्ट पारे । “समस्याका बाबजुद सरसल्लाह गरेर अघि बढ्नुपर्छ,“ उनका अनुसार समाज बलियो बनाउन एमाले, नेपाली कांग्रेस र माओवादी जस्ता प्रमुख दलहरू मजबुत हुन आवश्यक छ । साथै उनले प्रदेश मातहतका कार्यालयहरूलाई आन्दोलनको बहानामा काम रोक्ने नभई बजेट कार्यान्वयनका काम निरन्तर अघि बढाउन निर्देशन दिएका छन ।
Post a Comment