सुर्खेत : यज्ञकुमार गिरीको तिज गित कर्मैले घुमायो ३ (करिमै रुखो हुनाले० आज साझा ५:१५ मा सार्वजनिक हुने भएको छ । विगत वर्ष जस्तै यो वर्ष पनि हिन्दु नारीको महान पर्व तिजको अबसरमा हाम्रो गाउँ परिवेशमा नारीले भोग्नु परेको कथा व्यथालाई लक्षित गरि उक्त गित तयार गरिएको गितका सर्जक गिरीले जानकारी दिए ।
स्थानिय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको भिडियोको निर्देशन पत्रकार खिम बहादुर बुढाले गरेका छन भने नृत्य निर्देशन प्रेम थापा मगरले गरेका हुन । भिडियोमा निशा मगर ,पार्वती केसीले अभिनय गरेका छन । भिडियोको छायांकन भरत कुमालले गरेका हुन भने सम्पादन निर्मल प्याकुरेलले गरेको गितका कार्यकारी निर्देशक विवेक गिरीले जनाएका छन ।
गितका सर्जक यज्ञ कुमार गिरी आधुनिक गितमा लामो समय सम्म काम गर्दै आएका छन । उनले संगित गरेका थुप्रै गितले अवार्ड समेत पाएका छन । हिन्दुहरुको महान पर्वको रुपमा मनाइने हरि तालिका तिज पछिल्लो समय भड्किलो हुँदै गएको अबस्थामा विगतका केही वर्ष देखि कर्मैले घुमायो, मनमुटु खाने भयो, किरिमै मरो जन्जाल जस्ता मौलिक लय हरुको शृजना गर्दै यस वर्ष पनि उक्त गित बजारमा ल्याउन लागिएको श्रजक गिरीले बताए ।
लोक कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै सर्जक गरीले निरन्तर तिज गित बजारमा ल्याउन लागेको र आगामी दिनहरुमा यसलाई निरन्तरता दिने उनको भनाइ छ । गिरीका अनुसार छिट्टै बजारमा झ्याउरे गित समेत ल्याउने बताएका छन ।

Post a Comment