उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय सम्मानित

सुर्खेत :  कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालीकोट सम्मानित भएको छ ।

बुधबार मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादनमा मन्त्रालयअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित १० जिल्लाका कार्यालयहरुमध्ये कालिकोट प्रथम भएको हो ।

कार्यालयले गत वर्ष विनियोजित रकमको ९१.८५ प्रतिशत बजेट कार्यान्वयन गर्न सफल भएको हो ।  दोस्रो हुने डोल्पा      ९९०.२९ प्रतिशत० र तेस्रो बन्ने सल्यान ९९०.२३ प्रतिशत खर्च गरी उत्कृष्ट भएको मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर पदमराज देवकोटाले बताउनुभयो ।

त्यस्तैगरि  निर्देशनालयले ५९।११, दैलेखले  ८१.०१, हुम्ला ८६.०४, जुम्ला ८४.२३, जाजरकोट ८३.९६, रुकुम पश्चिम ८३.९६ र मुगुले ८७.३८ प्रतिशत बजेट कार्यान्वयन गरेका छन् ।

मन्त्रालयमा दुई दिनसम्म सञ्चालन भएको वार्षिक समिक्षा गोष्ठिमा जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा र मन्त्रालयका सचिव इन्द्रदेव भट्टले उत्कृष्ट भएका कार्यालय प्रमुखहरु कालिकोटका प्रविण महत, डोल्पाका प्रकाश गिरी र सल्यानका अनुप श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मानित गरेको हो।

सम्मान गर्दै मन्त्री बुढाले जनतालाई प्रत्यक्ष लाभ हुनेगरि विकास योजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वार्षिक क्यालेन्डर बनाएर योजनाहरुको कार्यान्वयनतर्फ लाग्न तथा नियमित अनुगमन र मुल्यांकनलाई प्राथमिकता दिइ थप उत्कृष्ट कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ मा विनियोजित २ अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड ९७९।५४ प्रतिशत० खर्च गरेको छ । जसमा पुँजीगततर्फ ८०।५५ र चालुतर्फ ६७।३६ प्रतिशत खर्च गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो खर्च कर्णाली प्रदेशका विकासे मन्त्रालयहरुको तुलनामा सबैभन्दा बढी हो । चालु आर्थिक वर्षमा मन्त्रालयमा ३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

Post a Comment

Previous Post Next Post