गत आर्थिक वर्षमा चार सयबढि सवारी दुर्घटना : एक करोडवढि राजस्व संकलन

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा एक वर्षको अवधिमा ४ सय २३ सवारी दुर्घटना भएका छन् । जसमा ३८ जनाको मृत्यु भयो भने ९ सय ३६ जना घाइते भए । मृत्यु हुनेमा २९ जना पुरुष,१२ जना चालक र १ बालक रहेका छन्  भने, ६ महिला र ३ बालिकाको समेत मृत्यु भएको छ । 

एक करोड ४५ लाख राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा १ करोड ४५ लाख बराबरको राजस्व संकलन गरेको छ । 

आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १७ हजार १ सय ५१ वटा सवारीसाधनबाट राजस्व संकलन गरिएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ  । आर्थिक वर्ष २०८०/२०८१ को भन्दा २९ लाख बढी राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका ट्राफिक प्रमुख वकिल सुनारले जानकारी दिए ।

प्रहरी प्रमुखका अनुसार कारबाहीमा परेका सवारीसाधनमध्ये ६ हजार ७ सय ५० मोटरसाइकल, जिप, कार र भ्यान ३ हजार ७२, ट्रक–टिपर २ हजार ८ सय ६१, अटो–टेम्पो २ हजार २५, बस तथा मिनीबस १ हजार ६ सय १४ र ८ सय २९ ट्र्याक्टर छन् ।


आव २०८/०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ८ सय ४२ सवारीसाधनलाई कारबाही गरी १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो । आवमा ६ सय ७३ वटा सवारी दुर्घटना भएका थिए जसमा २८ जनाको मृत्यु भएको थियो । ११ सय ८४ घाइते भएका थिए ।

ट्राफिक प्रहरी प्रमुख सुनारका अनुसार कार्यालयले गरेको सचेतनामूलक कार्यक्रमबाट १ लाख १३ हजार १ सय २ सवारी चालक, सहचालक र पैदल यात्रीहरू लाभान्वित भएका छन् । क्याम्पस, विद्यालय, पैदल यात्री, चालक, सहचालक, सवारीधनी लक्षित २ हजार ५ सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो । उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेका हौं । विभिन्न निकायको समन्वयमा ८ सय ८६ रोड फर्निचरहरू राखेका छौं ।’

सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न कमजोर क्षेत्रहरू पहिचान गरी संरचना सुधार गरिएको पनि उनले बताए । साथै, जानकारीमूलक बोर्डहरू पनि राखिएको छ । भने, ‘वीरेन्द्रनगरमा नगरपालिका लगायतका निकायसँगको समन्वयमा पहिलोपटक ट्राफिक लाइट जडान गरेका छौं । सिसी क्यामेरा पनि जडान गरेका छौं ।’





Post a Comment

Previous Post Next Post