सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका – १२ नेवारेका ५५ वर्षका धनिराम आचार्य र उनिकी श्रीमती ५० वर्षकी धनकुमारी उपाध्याय आचार्य छन् ।
आचार्य दम्पती शुक्रबार बिहान १० बजेतिर आफ्नै घरमा घाँस काट्ने विद्युतिय मेसिनद्वारा घाँस काट्दै गर्दा विद्युत्को तारबाट करेन्ट लागेर घाइते भएका थिए ।
उपचारका क्रममा उनीहरूको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

Post a Comment