पेट्रोलको मूल्य घट्यो

काठमाण्डौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जनाएको हो।

नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम हुनेछ। नयाँ मूल्य दर बुधबारदेखि लागू हुनेछ।

यसपटक हवाई इन्धन ९एटीएफ० र एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

Post a Comment

Previous Post Next Post