एसीसी यू १६ : सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल बन्यो च्याम्पियन

काठमाण्डौँ : एसीसी यू १६ पुरुष इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो।

टस हारेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले दिएको ११४ रनको लक्ष्यलाई नेपालले ८ विकेट गुमाएर ३० औँ ओभरमा पार गर्‍यो। अन्तिम बलमा नेपाली ब्याटर सुभमन खनालले छक्का प्रहार गरेसँगै नेपाल विजयी बनेको हो। सिंगापुरले कमजोर लक्ष्य प्रदार गरे पनि नेपाली ब्याट्सम्यान टिक्न नसक्दा क्रिजमा संघर्ष गर्नुपरेको थियो।

नेपालको जितका लागि जय थापाले ५३ बलमा २४ रन बनाए। उनले क्रिजमा गरेको संघर्षकै कारण नेपाल जिततर्फ उन्मख भयो। नेपालका लागि सिवांश बजगाईले २० रन बनाए भने प्रसिद्ध जैशीले १७ रन बनाए। अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्। सिंगापुरका कपिस भेनकटरमनले ४ विकेट लिए पनि जितका लागि पर्याप्त भएन। युवान पाण्डेले २ विकेट लिँदा वेदान्स गुप्ता र आकाश तेजाले समान एक। एक विकेट लिए।

त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०।५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।

सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए।

विपिन प्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे।

सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे।

कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali