सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर वजार क्षेत्रबाट निस्किएको फोहोरमैला व्यवस्थापन गर्न स्थानिय तहलाई चुनौती बन्दै गएको छ । स्थानिय तहले फोहोर व्यवस्थापन गर्न वीरेन्द्रनगर वडा नम्वर १ मा डम्पिङ्क साइड बनाइएको छ । तर डम्पिङ सईड व्यवस्थित हुन नसक्दा आसपासका स्थानियलाई सकस भएको छ ।
वीरेन्द्रनगर १ सोलीघोप्टे कि जैसरा वि.कले स्थनिय स्तरका फोहोर डम्पिङ्क साइडमा ल्याएर विर्सजन गर्दा आफ्नो घरमा निकै असर परेको बताइन । फोहोर व्यवस्थीत गराउनलाई बस्ती नजिक नभएर अलि टाढाँ हुनुपर्नेमा घर नजिकै हुदाँ विभिन्न किसिमको रोगहरुको संक्रमण फैलिने गरेको बताइन । उनले भनिन् घरमा झिंगा र लामखुट्टेको सास्तीसँगै डम्पिङ साइटको गन्धले बस्न नसक्ने अवस्था भएको छ ।
नगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोर उनकै घर छेउमा रहेको श्रीकृष्ण सामुदायिक वनमा अव्यवस्थित ढंगले फाल्दै आएको छ । उक्त फोहोरका कारण करिब १६० घरधुरीलाई प्रभावित भएका छन ।
फोहोरमैला व्यवस्थामा अझै पनि वीरेन्द्रनगर नगरपालिकालाई चुनौती देखिएको छ । नेपालको संविधानले ‘स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको अधिकारलाई’ मौलिक हकको रूपमा व्यवस्था गरेको छ । कतिपय क्षेत्रमा फोहोरको व्यवस्था गर्न नसेको देखिन्छ । फोहोरमैला व्यवस्थापन ऐन–२०६८ तथा फोहोरमैला व्यवस्थापन नियमावली–२०७० तर्जुमा भई कार्यान्वयनमा रहेका छन् ।
यसमा स्थानान्तरण केन्द्र -ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लान्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्ट लगायत फोहोरमैलाको सङ्कलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने व्यवस्था ऐन तथा नियमावलीमा रहेको छ ।
मध्यपश्चिम विश्व विद्यालयका स्नातकोत्तर तह समाजशास्त्रका विद्यार्थीले तयार परेको प्रतिवेदन अनुसार वरिेन्द्रनगरले घरेलु ठोस फोहोरको उचित व्यवस्थापन गर्न नसकेको जनाएकोक छ ।
वीरेन्द्रनगर नगरपालिकाले घर, मेडिकल र होटलबाट उत्पादन गरेका फोहरहरुको वर्गिकरण नगरि ल्याण्डफिल साइडमा पठाउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । फोहर खुल्ला रुपमा विसर्जन गरिने र फोहोर वर्गीकरण प्रणाली अवलम्वन नगरिएको अध्यन प्रतिवेदनले जनाएको छ । भौगोलिक दृष्टिले डम्पीङ साइड वरिपरि पानीका स्रोत नदि खोला नाला नभएको हुँदा फोहोर विसर्जन गर्न उपयुक्त भएपनि ठोस फोहोरको अव्यवस्थित व्यवस्थापनका कारण डम्पीङ साइडको वरिपरिको पर्यावरण दुर्गन्धित भएको छ । डम्पीङ साइडमा वीरेन्द्रनगर नगरपालिकाले खटाइएका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड विनानै काममा लगाइएको छ । वीरेन्द्रनगरका १२ वडाबाट दैनिक जसो लेदो जन्य ५ गाडि फोहोर र ठोस जन्य ९ गाडी डम्पीङ साइडमा फोहोर लिएर जाने गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न आव २०८१÷०८२ कुल वजेट तीन अर्व पाँच करोड रहेकोमा फोहोर व्यवस्थापनमा ८८ लाख ८७ हजार विनियोजन गरेको थियो ।
नगरपालिकाले फोहोरको व्यवस्थापन सही ढंगले नगर्दा आफुहरु दुर्गन्धमा बस्नु परिरहेको स्थानीय लीलाराम पुरीले गुनासो गरे । ‘पहिला हाम्रो वडामा फाल्न स्वीकृति दिइहाल्यौँ’, उनले भने, ‘अहिले यही फोहोरका कारण बालबालिका र वृद्धवुद्धामा विभिन्न रोगहरुसमेत देखापर्ने गरेको छ ।’
वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले नगर क्षेत्रबाट उत्पादन भएको फोहोरका कारण वडावासीले सास्ती भोग्नु परेको बताए । फोहोर विर्सजन क्षेत्रमा जानेक्रममा गाडीहरुले सुरक्षाका उपाय नअपनाउने र जथाभावी ल्याण्डफिल्ड साइडमा फोहोर बिसर्जन गरिदा स्थानीय दुर्गन्धको मार खेप्न बाध्य भएको उनको भनाई छ ।
Post a Comment