कर्णाली सरकारको आगामी आर्थिक वर्ष २०८२/ ०८३ को बजेट सर्वसम्मत पारित

सुर्खेत : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२ः०८३ को बजेट पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकले ३२ अर्ब ९९ करोड रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री राजविक्रम शाहले असार १ गते राति बजेट प्रस्तुत गरेपछि प्रदेशको राजनीति तनाबपूर्ण बनेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले बजेट निर्माण प्रक्रियामा गम्भीर त्रुटि भएको, योजना छनोटमा सरकार पक्षमै रहेका व्यक्तिहरूको बेइमानी रहेको आरोप लगाएको थियो ।

माओवादी केन्द्रले प्रक्रियागत त्रुटि र योजना छनोटमा मनोमानी भएको भन्दै लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको थियो । यही विषयले बजेटलाई विवादित बनाएको थियो । लगातारको अवरोधपछि मुख्यमन्त्री यमलाल कँडेलले पहल गर्दै प्रमुख प्रतिपक्षसँग संवाद थालेका थिए  । दुबै पक्षबीच पटक–पटक छलफल भएपछि अन्ततः सहमति जुटेको थियो । त्यसै सहमतिको आधारमा शुक्रबार प्रदेश सभामा बजेटमाथिको छलफल टुंग्याउँदै सर्वसम्मत रूपमा पारित गरिएको हो ।


Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali