जाजरकोटमा भूकम्प प्रभावित बसेको टहरोमा ढुङ्गा खस्दा २ जनाको मृत्यु

 सुर्खेत : जाजरकोटमा भूकम्प प्रभावित बसेको टिनको टहरोमा ढुङ्गा खस्दा २ जनाको मृत्यु भएको छ । बिहीबार राति कुशे गाउँपालिका-३ को तर्पेनाका नरबहादुर बुढाका २ छोरीको घरमाथिको भिरबाट आएको ढुंगा लागेर मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा १६ वर्षकी चन्द्रा बुढा र २० वर्षकी शर्मिला बुढा छिन् । ढुङ्गाले च्यापिँदा चन्द्राको घटनास्थलमै मृत्यु भएको र शर्मिलाको उपचारका लागि स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

उनका अनुसार राति ९ बजेतिर घरमाथिको भिरबाट ढुंगा खसेको थियो ।

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali