विल भुक्तानी नगरेको भन्दै बरिष्ठ लेखा अधिकृत र लेखापाल बन्धक : ज्यान मार्ने धम्की

सुर्खेत :कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिकामा कार्यरत कर्मचारीलाई विल भुक्तानी नगरेको भन्दै बन्दक बनाइएको छ । सोरु गाउँपालिकामा कार्यरत बरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखापाल बिमला ढकाललाई बन्दक बनाइएको 

कर्मचारी हकहित संरक्षण मञ्च कर्णाली प्रदेशका अध्यक्ष इंश्वर बहादुर सिंहले जानकारी दिए ।  गाउँपालिकामा पेश गरिएको विल भुक्तानी नगरेको भन्दै केही स्थानीय व्यावसायीहरुले उनीहरुलाई बन्धक बनाएर ज्यान मार्ने धम्की दिएको घटना प्रति कर्मचारी हकहित संरक्षण मञ्च कर्णाली प्रदेशले प्रेस विज्ञप्ति निकाली ध्यानाकर्षण गराएको हो ।

गाउँपालिकामा कार्यरत लेखा शाखा प्रमुख र लेखा सहायकको कुनै त्रुटी भए कानून बमोजिम कारवाही गर्न मञ्चले बताएको छ । कर्मचारी माथी गरिएको अमानवीय व्यावहारको छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न मञ्चले माग गरेको छ ।  स्थानीय तहका कर्मचारीले नियमानुसार काम गर्न खोज्दा यातना,दवाव र मानसिक तनाव झेल्नुपर्ने ?संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हामीले परिकल्पना गरेको सुशासन, विधीको शासन र सामाजिक न्याय सहितको समतामुलक समाजको परिकल्पना यही हो ? भनि कर्मचारी हकहित मञ्चले प्रश्न गरेको छ ।

मञ्चले घटनाको आवश्यक छानविन गरी दोषीलाई कारवाही गर्न सरोकारवाला निकायलाई  ध्यानाकर्षण पत्र सार्वजानिक गरेको छ । प्रचलित कानूनी प्रावधान वमोजिम कर्मचारीको  सुरक्षाको व्यवस्थालाई मध्येनजर गरी कर्णाली प्रदेशको अन्य स्थानीय तहमा सरुवा गर्ने व्यवस्थाको लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सुर्खेतलाई समेत अनुरोध गरेको छ । कर्मचारी माथी भएको दमनका विरुद्धमा आवाज उठाउन सबै निकायहरु संग कर्मचारी हकहित संरक्षण मञ्चले अनुरोध गरेको छ ।  



Post a Comment

Previous Post Next Post