रुकुम पश्चिम :रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ मा जंगली च्याउ खाँदा नौ बिरामी भएका छन् ।
घुगुती राख्ला गाउँका सात जना पुरुष र दुई जना महिला गत बुधबार जंगली च्याउ खाएर बिरामी भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिए । उनका अनुसार जंगलबाट ल्याएको च्याउ खाएपछि बान्ता हुने, चक्कर लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखापरेपछि उनिहरुलाई बुधबार नै वडा नम्वर १० स्थित सहिद स्मृति नगर अस्पतालमा भर्ना गरिएको थियो ।
बिरामी मध्य ६ जनालाई सामान्य उपचारपछि घर फर्किएको र तीन जनाको उपचार जारी रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनिहरुको पनि स्वास्थ्य सुधार भईरहेको छ । नगरपालिकाले जथाभावि जंगली च्याउ नखान र सतर्क रहन अनुरोध गरेको छ ।

Post a Comment