मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुले पेशागत सुरक्षाको माग राख्दै गरे आन्दोलन

  सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले पेशागत सुरक्षाको माग राख्दै आन्दोलनमा उक्रिएका छन् । कर्मचारी नियमावली अनुसार लामो समयदेखि आंशिक प्राध्यापकलाई करारमा नियुक्ती गर्नुपर्ने मुख्यमाग राखेर हप्तादिनदेखि प्राध्यपाकहरु आन्दोलित भएका हुन् ।

 विश्वविद्यालयले पहुँचमा भएका व्यक्तिलाई सिधै करार नियुक्ती दिएको तर कर्मचारी नियमावलीमै व्यवस्था भएपनि आफूहरुलाई करार नियुक्ती नदिएपछि आन्दोलन गर्नुपर्ने अवस्था आएको आंशिक प्राध्यापकहरुको भनाइ छ । आंशिक प्राध्यापकहरुले मध्यपश्चिम सिटेन समेत सुर्खेतमै हुनुपर्ने माग राख्दै आएका छन् । तर विश्वविद्यालयले प्रधानमन्त्री एवम् कुलपतिको कार्यव्यस्ततताको कारण देखाउँदै सोमबार काठमाडौँमा सिनेट गर्ने तयारी गरेको छ ।




Post a Comment

Previous Post Next Post