गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ सार्वजनिक

पोखरा: गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘मनमा तिम्रो फोटो छ’ सार्वजनिक गरिएको छ।

पोखराको सभा गृहचोकस्थित बेरी लाउञ्ज एण्ड बारमा आयोजित विशेष समारोहकाबीच वरिष्ठ गायक तथा संगीतकार रामभक्त जोजिजुको हातबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।


समारोहमा रामचन्द्र त्रिपाठी, जितबहादुर थापा, झलक गुरुङ नारायण सापकोटा विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा डा. निरन्जन कोइराला जमीन नारायण सापकोटाले गीतको सफलताका लागि शुभकामना व्यक्त गरे।
गीतमा गायक सन्दिप परियार गायिका मनिषा सुनारको स्वर रहेको छ भने भिडियोमा मोडल रुसा न्यौपाने डा. निरन्जन कोइराला जमीन मुख्य भूमिकामा देखिएका छन्। साथै गीतकार आदर्श पोखरेल, सोम गुरुङ, जमुना पौडेल बराल, भुवन विश्वकर्मा विपासा सेन्च्युरीको समेत अभिनय देख्न सकिन्छ।

गीतको
निर्देशन तथा सम्पादन राम बास्तोलाले गरेका हुन् भने छायांकन दिनेश केसी अनिल कार्कीले गरेका छन्। भिडियोको कथा सुदीप सुवेदीले लेखेका हुन्।

कार्यक्रमको सञ्चालन अनुराग अधिकारीले गरेका थिए।

मनमा तिम्रो फोटो छ को भिडियो रुपा म्युजिकको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।

https://www.youtube.com/watch?v=QANysVV6Fws


 

Post a Comment

Previous Post Next Post